सेयर बजारको पुँजीले नै हो उद्योग खोल्ने, नया“ लगानी गर्ने, घर किन्ने, गाडी किन्ने, राजस्व बढाउने ? जब सम्पत्ति चलाउन नै लगानीकर्ताले पाउ“दैन अनि कसरी हुन्छ नयाँ रोजगारी सिर्जना ? सरकारी राजस्व कसरी बढ्छ ? अर्थतन्त्र कसरी चलायमान हुन्छ ?
जता ओरालो छ त्यतै पानी बग्छ । पैसा पनि पानीजस्तै हो, जता नाफा देखिन्छ त्यतै लगानी हुन्छ । घर हुनेले यसलाई बिक्री गरेर सेयर किन्छ । सेयर हुनेले यसलाई बेचेर घर, गाडी किन्छ । उद्योग–व्यापारमा लगानी गर्छ । उद्योग–व्यापारमा नाफा कमाउनेले पनि अन्य क्षेत्रमा लगानी गर्छ ।
लगानीकर्ताले एउटा क्षेत्रमा नाफा देखेन भने नाफा हुने क्षेत्र खोजेर लगानी गर्छ । लगानीले रोजगारी सिर्जना गर्छ, राजस्व बढाउ“छ । त्यसले अर्थतन्त्रमा अवसर सिर्जना गर्छ । यसविपरीत आफ्नो घर, सेयर, सुन, उद्योग, व्यापारमा भएको लगानीबाट नाफा भएन र पुँजी फस्यो भने अर्थतन्त्र चलायमान हुनमा नै नकारात्मक प्रभाव पर्छ । अर्थतन्त्रमा थप अवसर सिर्जना हुन सक्दैन ।






