काठमाडौं : ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसअनुसार यस कम्पनीले ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि ओरियन्टलले असोज १२ गते शुक्रबारदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, असोज ११ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।






