काठमाडौं : सेयर बजारमा उचारचढाव जारी छ। सोमबार सामान्य अंकले घटेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेप्से १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको हो।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। यसदिन २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर २ अर्ब ९३ करोड ८ लाख ९ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेको थियो।
सो दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले उकालो लागेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।






