नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंक ३० वटा छन् जसमध्ये हालसम्म १० वटा मर्चेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
वाणिज्य बैंकहरुको मर्जरसँगै त्यसका सहायक कम्पनीहरु पनि मर्जर गर्नुपर्ने प्रावधानका कारण मर्चेन्ट बैंकरहरु विस्तारै घट्दै गएका छन् । गत वर्ष ८ वटा वाणिज्य बैंकहरु मर्जरमा गए । अधिकांश वाणिज्य बैंकका छुट्टाछुट्टै मर्चेन्ट बैकहरु छन् । पछिल्लो मर्जरमा आएको लक्ष्मी बैंक र सनराइज बैंकको छुट्टाछुट्टै मर्चेन्ट बैंक भए पनि अहिलेसम्म मर्जरमा गइसकेको छैन भने हिमालयन बैंक र सिभिल बैकको पनि छुट्टै मर्चेन्ट बैंकहरु छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक दुवैको छुट्टाछुट्टै मर्चेन्ट बैक रहेकोमा अहिले दुवै मर्जर भएर एनआईएमबी एस क्यापिटलको रुपमा कारोबार भइरहेको छ । यसअघि एनआईबी क्यापिटलमा एस क्यापिटल मर्जर भएर एनआईबी एस क्यापिटलको रुपमा कारोबार गरेको थियो ।






