टाटाले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने, ‘टाटा सन्स’ को ५.५० खर्बको आइपीओ आउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टाटाले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्ने, ‘टाटा सन्स’ को ५.५० खर्बको आइपीओ आउने

काठमाडौं : भारतीय बहुराष्ट्रिय व्यापारिक समूह ‘टाटा ग्रुप’ का कम्पनीहरुको प्रवर्द्धक र प्रमुख लगानी होल्डिङ कम्पनी रहेको ‘टाटा सन्स’ ले भारतकै ठूलो आपीओ जारी गर्ने भएको छ । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ ले टाटा सन्सलाई माथिल्लो तहको गैर बैंकिङ वित्तीय संस्थामा वगीकरण गरेपछि आइपीओ जारी गर्नुपर्ने भएको हो ।

टाटा सन्सले अब सन् २०२५ को सेम्टेम्बरभित्रमा आइपीओ जारी गरिसक्नुपर्ने हुन्छ । आरबीआईले टाटा सन्सलाई १४ सेप्टेम्बर २०२३ मा माथिल्लो तहको गैर बैंकिङ वित्तीय कम्पनीमा वर्गीकरण गरेको हो । आइबीआईको नियमावली अनुसार यस्ता कम्पनीहरुले ३ वर्षभित्र आइपीओ जारी गरी सेयर बजारमा सूचीकृत हुनुपर्छ ।

Read More
  • EBL Ad news