चार हजार कित्तासम्म हातपारेका सञ्चय कोषका कर्मचारीलाई तामाकोशीको हकप्रद शेयर भर्न मुस्किल, आइपीओ बेच्दै ‘हकप्रद भर्दै’


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चार हजार कित्तासम्म हातपारेका सञ्चय कोषका कर्मचारीलाई तामाकोशीको हकप्रद शेयर भर्न मुस्किल, आइपीओ बेच्दै ‘हकप्रद भर्दै’

सञ्चयकर्ता, कर्मचारी र लगानीकर्ताले तामाकोशीको शेयर बिक्री गरेर तामाकोशीको हकप्रद शेयर भर्न थालेका छन् । तामाकोशीको हकप्रद शेयर भर्न पैसा नभएकाले सञ्चयकर्ता, कर्मचारी र लगानीकर्ताले तामाकोशीको पुरानो शेयर बिक्री गरेर हकप्रद शेयर भर्न थालेका हुन् ।

तामाकोशीको पुरानो शेयर बिक्री गरेर हकप्रद शेयर भर्न थालेको कर्मचारी सञ्चय कोषका एक कर्मचारीले बताए । ‘पुरानो आइपीओमा परेको बेचेर हकप्रद भर्दै छु’ उनले भने, ‘हकप्रद शेयर भर्नका लागि पैसा नभएकाले तामाकोशीमा रहेको पुरानो शेयर बिक्री गर्नु परेको हो ।’

अपर तामाकोशी हाइड्रोपावरले सञ्चयकर्ता, ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई आइपीओमा नै शेयर दिएको थियो । कम्पनीले पहिलो चरणमा सञ्चयकर्ता र कर्मचारीहरुलाई २ करोड ५४ लाख १६ हजार कित्ता शेयर बिक्री गरेको थियो ।

अपर तामाकोशीले कर्मचारी सञ्चयकोषका थोरै कर्मचारीलाई धेरै कित्ता पर्ने गरी आइपीओ वितरण गरेको भनेर ब्यापक आलोचना भएको थियो । कर्मचारी सञ्चयकोषका एक जना कर्मचारीलाई ४ हजार कित्तासम्म शेयर परेको थियो । तर यता, अपर तामाकोशीले करिव तीन करोड नेपालीलाई १० करोड ५९ लाख कित्ता शेयर मात्र आइपीओ जारी गरेको थियो ।

ठूलो परिणामको आइपीओको शेयर हात पारेका सञ्चयकर्ता, ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले अहिले तामाकोशीको पुरानो शेयर बिक्री गरेर हकप्रद शेयर भरिरहेका छन् । उनीहरुले ९०० रुपैयाँ भन्दा माथि शेयरको मूल्य पुग्दा पनि बिक्री नगरेर ‘अझै बढ्छ र बिक्री गरौला’ भन्दै बसेका थिए ।

Read More
  • EBL Ad news