काठमाडौं : सेयर बजारमा सोमबार पनि करेक्सन जारी रहेको छ । यस दिन नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा आएर अडिएको छ । बजार घटेर पुनः २ हजारको मनोवैज्ञानिक विन्दु नजिक आएको हो । अब मंगलबार नेप्से यो मनोवैज्ञानिक विन्दुबाट माथि जान्छ वा तल झर्छ भन्ने लगानीकर्तामा पुनः चासो बढेको छ ।
यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ ।






