सेयर बेचे पश्चात् आफ्नो मेरो सेयर खाताबाट ब्रोकर पुलमा सेयर जम्मा गर्न गरिने इडिआइस नहुँदा आइतबार सेयर बेचेका लगानीकर्ता तनावमा परेका छन् ।
सेयर बेचेको भोलिपल्ट ३ बजेसम्म इडिआइस गरिसक्नु पर्ने नियम छ । उक्त अवधि भित्र सेयर ट्रान्सफर नगरे लगानीकर्ताले २०% पेनाल्टी बेहोर्नुपर्ने हुन्छ । तर सेवा प्रदायक आफैले सिस्टममा भएको समस्या नसुधार्दा आम लगानीकर्ता मर्कामा पर्ने देखिएको छ । उसो त विगतमा पनि मेरो सेयरमा समस्या उत्पन्न भइरहेको हुनेगर्दथ्यो । त्यसबेला इडिआइसको समय थपेर समस्याको समाधान गर्ने गरिएको थियो ।






