काठमाडौं । नेपाल सरकारका दुईओटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएका हुन् । यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् ।
विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् ।






