सेयर कारोबारको लेनदेन अब घरमै बसेर गर्न सकिने, यस्तो छ प्रक्रिया


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर कारोबारको लेनदेन अब घरमै बसेर गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा नेपाल क्लियरिङ हाउस(एनसीएचएल)को इन्ट्रीगेटसँगै दोस्रो बजारमा हुने धितोपत्र कारोबारको भुक्तानी लेनदेनका लागि घरमै बसेर सहज ढंगले गर्न सकिने व्यवस्था प्रारम्भ भएको छ । दोस्रो बजारमा धितोपत्र कारोबार पश्चात् हुने भुक्तानी खरिदबिक्री दुवैमा एकहप्तादेखि एनसीएचएलको कनेक्ट आइपीएस र आइपीएससँग जोडिएर लगानीकर्ताहरुले सेवासुविधा लिइरहेका छन् । 

यो प्रणालीअन्तर्गत नेप्सेको अनलाइन सेयर कारोबारको भुक्तानी बैंक खाताबाट कनेक्ट आइपीएस मार्फत गर्न सकिने र सेयर बिक्रीपछि पाउने रकम सोझै बैंक खातामा प्राप्त गर्न सकिन्छ ।  एनसीएचएलका अनुसार कनेक्ट आइपीएस र आइपीएसमार्फत  हालसम्म साढे ५ हजार कारोबार संख्यामा साढे २३ करोड रुपैयाँ रकम बराबरको कारोबार भइसकेको छ । कनेक्ट आइपीएसमा ४८ ब्रोकर कम्पनीहरु जोडिएका छन् भने नेप्सेको टीएमएसमा इन्ट्रीगेट हुनेमा ३८ वटा ब्रोकर कम्पनीको आवद्धता रहेको एनसीएचएलले जानकारी दिएको छ ।

सेयर कारोबारीले एनसीएचएलसँग कसरी आबद्धता जनाउने ?
गुगल प्लेस्टोरमा गएर कनेक्ट आइपीएस एप डाउनलोड गर्न सकिन्छ । वेबसाइटमार्फत भने कनेक्टआइपीएस डटकमबाट पनि इच्छुक व्यक्ति वा संस्था जोडिन सक्छन्, जसका लागि रजिष्ट्रेसन निःशुल्क गरिएको छ । 

दुवै माध्यमबाट जोडिन सुरुमा रजिष्टर गरेर लगइन लिनु आवश्यक हुन्छ । जसमा व्यक्तिगत प्रोफाइल, इमेल, मोबाइल नम्बर र बैंक खाता लगायतका विवरण भर्नुपर्छ । पहिलो पटक लगइनमा मोबाइल नम्बर र इमेल भेरिफाइ गरिन्छ र भ्यालिड युजर बन्छ । यसमा प्रयोगकर्ताले मल्टीपल बैंक खाता नम्बर समेत उल्लेख गर्ने व्यवस्था रहेको छ ताकि कुनै बेला धेरै फण्ड हस्तान्तरण गर्न सहज हुन सकोस् । अनि व्यक्ति स्वयम् बैंकमा भौतिक रुपमा उपस्थित जनाइसकेपछि प्रयोगकर्ताको बैंकले एप्रुभ दिन्छ । यसपछि भने सहज रुपमा नेपाल राष्ट्र बैंकको सीमाभित्र रहेर इन्टरनेटकै मद्दतले सहजै फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

Read More
  • MBL - below news