गत साता १ प्रतिशत बढेको नेप्से, यस साता के होला?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गत साता १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता नेप्से परिसूचक १ प्रतिशत बढेको थियो। अघिल्लो साता २००७.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता १.१३ प्रतिशत अर्थात २२.७२ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४२ अंक घटेको थियो।

टेवा पाएर उक्लियो

गत साता नेप्सेले १९६० देखि १९९० को क्षेत्रमा टेवा पाएको देखिन्छ। अघिल्लो सातादेखि नै सो क्षेत्रमा रहेको नेप्से, गत साताका सोही क्षेत्रमा टेवा पाएर उक्लिएको हो। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता बजारमा खरिदकर्ता बलियो देखिएका छन्। साप्ताहिक रुपमा अघिल्लो साता बुलिश इगल्फिङ्ग मैनबत्ती बनाएको नेप्सेले, गत साता बुलिश पिन बार मैनबत्ती बनाएको छ। यसले बजारमा सो साता खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। त्यसले पनि सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

Read More
  • EBL Ad news