काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सयेर कर्जामा अहिलेको १२ करोडको सीमा हटाउन तयार भएको समाचार बाहिरिएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । बजार एकै दिन ४४ अंकले बढेको छ ।
तर, सीमा हटाएर कतिमा पु¥याइन्छ भन्ने अन्योल अझै बाँकी नै छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा १२ करोडबाट २० करोड रुपैयाँ सीमा पु¥याउने प्रस्ताव पुगेको छ । तर, अर्थमन्त्री प्रकाशशरण महतको चाहना २५ करोड पुर्याउने रहेको स्रोत बताउँछ ।






