४४ अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
४४ अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो  अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम उच्च वृद्धि भएको छ।

नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुग्दा ३ अर्बमाथिको सेयर कारोबार भएको छ। आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको हो।

दोहोरो अंकले बढेको सेयर बजारमा करिब १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढि मूल्यको कारोबार भयो।

Read More
  • EBL Ad news