काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि दोस्रो साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंगलवार बसेको बैठकले यही असोज २४ गते कम्पनीको रजिष्ट्रार कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा उक्त दिन बिहान १० बजेबाट शुरु हुनेछ । सभामा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।






