काठमाडौं : सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउने बारे अर्थमन्त्री र गभर्नरबीच छलफल भएको छ । मंगलबार भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा अर्थमन्त्री डा. प्रकाशकरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सेयर धितो कर्जामा १२ करोडको सीमामा पुनरावलोकन गर्न सहमत भएको छलफलमा सहभागी एक अधिकारीले नेपाली पैसालाई बताए ।






