काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ आज मंगलबार (असोज २ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरेपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ ।






