भारतमा आईपीओ बन्द भएको तीन दिनमा सूचीकरण गर्नुपर्ने, तर नेपालमा भने महिनाैं दिनसम्म पनि नहुँदा लगानीकर्तालाई नाेक्सानी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा आईपीओ बन्द भएको तीन दिनमा सूचीकरण गर्नुपर्ने, तर नेपालमा भने महिनाैं दिनसम्म पनि नहुँदा लगानीकर्तालाई नाेक्सानी

पछिल्लो समय धेरै कम्पनीहरुले शेयर निष्काशन गरे पनि ती शेयरहरु समयमा दोस्रो बजारमा सूचीकरण हुन सकेका छैनन् । अहिले पनि ५ कम्पनी प्राथमिक निष्काशन भएर बाँडफाँट भएको लामो समय बित्दा पनि नेप्सेमा सूचीकरण हुन सकेका छैनन् ।

भारतले सेप्टेम्बर १ देखि भारतीय शेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको शेयर सूचीकरण गर्नुपर्ने नयाँ नियम लागू गरेको छ। यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र शेयर सूचीकरण गर्नुपर्ने नियम रहेकोमा अब ३ दिनमा सूचीकरण गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ। सेबीले यस सम्बन्धमा पहिले जारी गरेको सूचनामा भनेको थियो कि सेप्टेम्बर १ पछि आउने सबै आईपीओका लागि सूचीकरण समयको नयाँ नियम स्वेच्छिक रूपमा लागू हुनेछन्। यसका साथै डिसेम्बर १ देखि कम्पनीहरुले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ। सेबीको गत जुन २८ मा बसेको बैठकमा आईपीओमा यो नियमलाई अनुमोदन गरेको थियो।

Read More
  • EBL Ad news