हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ भोली भदौ २ गते मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड भोली मंगलबार बिहान ९ बजे हुने जानकारी दिएको हो ।
हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ।






