४ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसरी पाइन्छ लाभांश ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
४ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसरी पाइन्छ लाभांश ?

काठमाडौँ — हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि ‘बुक क्लोज’को मिति असोज ८ गतेलाई तोकेको छ । अर्थात् असोज ७ गतेसम्म सेयर होल्ड गर्नेहरु मात्रै लाभांशका लागि योग्य हुनेछन् ।

त्यस्तै एभरेस्ट बैंकले १० प्रतिशत सेयर बोनस र १०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । हालै सानिमा बैंकले ९ प्रतिशत सेयर बोनस र ५.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको बुक क्लोज मिति भने तय भइसकेको छैन । ...

  • EBL Ad news