मिड सोलु हाइड्रोपावरमा पहिलो दिनमा नै साढे २ लाखको आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मिड सोलु हाइड्रोपावरमा पहिलो दिनमा नै साढे २ लाखको आवेदन

मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमा नै झन्डै साढे २ लाखको आवेदन परेको छ । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म ६ लाख २१ हजार १ सय ७२ कित्ता साधारण शेयरको लागि आवेदन आह्वान गरेको थियो ।

सीडीएससीको शुक्रबार साँझ ५ बजेर ६ मिनेटसम्मको तथ्यांक अनुसार २ लाख ४८ हजार ९ सय ५५ जना आवेदकले २८ लाख ५६ हजार ७ सय ६० कित्ता शेयरको लागि आवेदन माग गरेका थिए । यसबाट २८ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर माग गरेका हुन ।

Read More
  • EBL Ad news