काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३९.४८ अंकले बढेर २,००७.०६ को विन्दुमा कायम भएको छ ।
आज २१३ कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँ, शिवम् सिमेन्टको पाँच करोड रुपैयाँ र आइएमई लाइफको आज सर्वाधिक कारोबार भएको छ ।






