सोनापुरले स्थानीयलाई जारी गरेको आइपीओ बिकेन, थप १४ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोनापुरले स्थानीयलाई जारी गरेको आइपीओ बिकेन, थप १४ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी हुने

काठमाडौं : सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले स्थानीयलाई निष्कासन गरिएको कुल १५ लाख ३७ हजार ५२५ कित्तामध्ये ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार साँझ ५:०७ बजेसम्म ४५८ जनाले आवेदन दिएका छन् ।उनीहरुले २ करोड ४ लाख ८१ हजार ७५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

यता, स्थानीयलाई निष्कासन गरिएको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर बिक्री हुन अझै बाँकी रहेको छ । अब बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र मात्र आइपीओमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो ।

Read More
  • EBL Ad news