नेप्सेले संशोधनको लागि पठाएका दुई विनियमावली बोर्डमै अड्किए, नियम नहुँदा कसलाई कस्तो व्यवहार गर्ने अन्योल


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले संशोधनको लागि पठाएका दुई विनियमावली बोर्डमै अड्किए, नियम नहुँदा कसलाई कस्तो व्यवहार गर्ने अन्योल

सुवास निरौला

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौँ संशोधन) नियमावली, २०७९ आउनु पूर्व नेपालमा तीन तहका ब्रोकर थिएनन्। पछिल्लो समय २०७९ भदौमा माथि उल्लेखित नियमावली संशोधन भएपछि तीन तहका ब्रोकर हुन पुगेका हुन्।

नियमावलीले धितोपत्र व्यापारी(डिलर), धितोपत्र दलालमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा रहने व्यवस्था गरेको छ। तीन तहका ब्रोकर हुने व्यवस्था हुँदै गर्दा उनीहरूको चुक्ता पूँजी समेत बढाइएको छ। धितोपत्र व्यापारीको एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड र सीमित कार्य गर्नेको २० करोड रुपैयाँ चुक्ता पूँजी हुनु पर्ने नियमावलीमा व्यवस्था छ।

धितोपत्र बोर्डले आफ्नो नियमावली संशोधन गर्दै गर्दा तिनै थपिएका ब्रोकर कम्पनीलाई नियमन गर्ने विनियमावली पनि परिवर्तन गर्नै पर्ने आवश्यकता हुन्छ। नियमावली नयाँ तर विनियमावली पुरानो हुँदा नयाँ नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा लैजान कठिन हुन्छ। सोही विषयलाई मध्य नजर गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई विनियमावली संशोधनको लागि धितोपत्र बोर्ड पठाएको छ। तर पठाइएका विनियमावली भने अझै स्वीकृत भएर आएका छैनन्। जबकि विनियमावली पाँच महिना अघि नै पठाइएको हो।

नेप्सेले सूचीकरण नियमावली संशोधन गर्न भन्दै गत वैशाख १४ गते धितोपत्र बोर्ड पठाएको हो। पछिल्लो समय सूचीकृत कम्पनीहरूको सङ्ख्या बढ्दै गएको र बजारमा प्रविधिको समेत सदुपयोग हुन थालेका कारण विनियमावलीमा ती विषय समेत समेटेर संशोधनको लागि पठाइएको नेप्सेकाे भनाइ छ।

अर्को तीन तहका नयाँ ब्रोकर थपिएका छन्। तिनलाई के कसरी नियमन र सुपरिवेक्षण गर्ने भन्ने विषय पुरानो विनियमावलीले समेट्दैन। जसका कारण उनीहरूलाई पनि समेट्न भन्दै नेप्सेले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण नियमावली, २०८० संशोधनको लागि पठाएको हो। नेप्सेले उक्त नियमावली गत साउन ४ गते बोर्ड पठाएको जनाएको छ। तर दुवै नियमावली बोर्डमै थन्किएका छन्।

Read More
  • EBL Ad news