काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा १ अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (भदौ २५ गते) साँझ ५ः०७ बजेसम्ममा १३ लाख २४ हजार ४११ जना आवेदकले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १२.८७ गुणा बढी आवेदन हो ।
कम्पनीले भदौ २१ गतेदेखि आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।






