राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

  

यस बैंकले ७ वर्ष अवधि भएको ‘१०.५% आएबीबीएल डिबेन्चर २०८६’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५% ब्याजदर तोकिएको छ । यो डिबेन्चरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

Read More
  • MBL - below news