राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा दिने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले दशैंतिहारजस्ता ठूला चाडपर्वलक्षित प्रडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो ।

बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको हो ।

बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्ध गराउनेछ । ब्याजदर ९.९५ प्रतिशत(सबैभन्दा न्यून) कायम गरिएको छ भने यस्तो लोन लिँदा विद्युतीय गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।

प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news