४४.३० अंकले बढ्यो नेप्से, सबै उप–समूहमा हरियाली


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
४४.३० अंकले बढ्यो नेप्से, सबै उप–समूहमा हरियाली

सोमबार पनि नेप्से परिसूचक बढ्ने क्रमले निरन्तरता पाएको छ।

यसदिन नेप्से ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ पुगेको छ।

यस दिन २७८ वटा धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच भएको हो।

Read More
  • EBL Ad news