साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेको छ।
यसदिन नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँ पुगेको छ।






