काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा ७५ करोड ४३ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज दोस्रो दिन (भदौ २२ गते) साँझ ५ः०७ बजेसम्ममा ६ लाख १७ हजार ४९९ जना आवेदकले १ करोड ५० लाख ८६ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.२१ गुणा बढी आवेदन हो । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ ।






