काठमाडौं : म्युचुअल फन्डहरुले आफैंमा (म्युचुअल फन्डहरुमै) १ अर्ब ७४ करोड ८२ लाख ४४ हजार रुपैयाँ लगानी गरेका छन् । सेयर बजारको विश्लेषण गर्ने सफ्टवेर स्मार्ट वेल्थ प्रो का अनुसार साउन महिनामा सामूहिक लगानी कोषहरुले कुल लगानीको ६.७२% हिस्सा म्युचुअल फन्डमा लगानी गरेका छन् । यिनीहरुले कुल २० करोड ३२ लाख ७४ हजार इकाई खरिद गरेको देखिएको छ ।
म्युचुअल फन्डहरुको लगानी विभिन्न सेक्टरमा रेहेको हुन्छ । यिनीहरुले सेयरदेखि बन्ड, बैंक मुद्दतिमा पनि लगानी गरेका हुन्छन् । यता, वाणिज्य बैंक समूहमा फन्डहरुले ७ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको २८.६५% हो । त्यस्तै, विकास बैंक समूहमा १ अर्ब ८९ करोड ३७ लाख, निर्जीवन बिमामा ३ अर्ब ७० करोड ५५ लाख, लघुवित्त समूहमा ३ अर्ब ३५ करोड ४१ लाख र जीवन बिमामा ३ अर्ब २७ करोड ८ लाख रुपैयाँ लगानी गरेका छन् । ....






