काठमाडौं : सेयर बजारले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन । मंगलबार नेप्से सूचक ६.४५ विन्दुले घटेर १९६१.३७ अंकमा अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा लाग्दा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बजार निकै सुस्त बनिरहेको छ । नेप्से सूचकका साथमा दैनिक कारोबार रकम पनि न्यून छ । खरिदकर्ता आकर्षित हुन नसक्दा कारोबार रकम निकै सुस्त भएको हो ।
लाभांशको सिजनमा बजार गतिहीन हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ । बजारमा यतिबेला नयाँ, पुराना, सान अनि ठूला सबैथरिका लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा देखिएका छन् । उनीहरुले सेयर खरिदबिक्री खासै नगरिरहेको दैनिक कारोबार रकमले देखाउँछ । पछिल्ला कतिपय दिनहरुमा कारोबार रकम १ अर्ब रुपैयाँभन्दा पनि कम देखिएको छ ।






