बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरू
- प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण स्पष्टसँग खुलाई भर्ने ।
- बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाबारे जानकारी लिएर मात्र बीमा गर्ने ।
- बीमितले आफ्नो आवश्यकता पेशाा, व्यवसाय एवं आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गरौँ अन्यथा समयावधि पूरा नहुदै बीमालेखालाई निरन्तरता दिन नसकिने हुन सक्दछ ।
- बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छाएका व्यक्तिको नाम, बीमालेख बमोजीम दाबी रकम पाउने र नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नुपर्छ ।
- बीमितले बीमा शुल्क बुझाएपछि यसको आधिकारिक भर्पाई वा रसिद लिनुपर्दछ ।
- बीमा सम्बन्धी प्रस्ताव फारम बीमित स्वंमले भर्नुपर्नेछ । बीमित निरक्षर वा प्रस्ताव फारम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्नेछ ।
- बीमितले आफुले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।
- बीमाले नवीकरण गर्ने समय ख्याल गरी समयमै बीमालेख नवीरकण गर्नुपर्नेछ ।
- बीमा सम्बन्धी नीति नियमहरुबारे जानकारी राख्नुपर्दछ ।
- आफुले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ ।
- प्रविधिको विकाससँग विभिन्न बैँक तथा एसएमएस मार्फत घरमै बसी - बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सो सम्बन्ध यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्दछ ।
- बीमा गरिसकेपछि आफुले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छाइएको व्यक्तिलाई जानकारी गराउनुपर्दछ ।








