काठमाडौं : सिटिजन लाइफ इन्सुरेन्सको आइपीओमा ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज तेस्रो दिन (भदौ १८ गते) साँझ ५ः०६ बजेसम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.३८ गुणा बढी आवेदन हो ।
सर्वसाधारण लगानीकर्ताले यसमा मंगलबार (भदौ १९ गते) सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ ।








