अब थर्डपार्टी एपले आईपीओ नतिजा देखाउन नसक्ने, आधिकारिक वेबसाइट मात्र हेर्न आग्रह


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब थर्डपार्टी एपले आईपीओ नतिजा देखाउन नसक्ने, आधिकारिक वेबसाइट मात्र हेर्न आग्रह

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले थर्ड पार्टी एपबाट आईपीओ हेर्न नमिल्ने व्यवस्था गरेको छ । यस अघि थर्ड पार्टी एपहरुले सिडीएसको वेबसाइटबाट डाटा क्रल गरेर तथा अन्य विभिन्न माध्यमबाट डाटा तानेर आइपीओ नतिजा देखाउने गरेका थिए।

अब भने यस्तो कार्यलाई पूर्ण रुपमा बन्द गरिएको सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए । सेक्युरिटी फिचरहरु थप्दै गएको र अब थर्ड पार्टीहरुले डाटा तानेर आईपीओ नतिजा देखाउन नसक्ने व्यवस्था गरेको उनले बताए । सिडीएसको वेबसाइटबाट डाटा क्रल गर्नु, र डाटा तान्नु गैरकानुनी भएको उनले प्रष्ट पारे ।

Read More
  • EBL Ad news