कम्पनीको नाफा र सेयर मूल्यमा प्रभाव


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कम्पनीको नाफा र सेयर मूल्यमा प्रभाव

भ्यालु इन्भेस्टिङका पिता बेन्जामिन ग्राहम : सबै अनुभवी लगानीकर्तालाई यो थाहा छ कि कम्पनीको नाफाले सेयरको मूल्यमा धेरै ठूलो प्रभाव पार्छ । सफल लगानीकर्ता वारेन बफेट : जस्तोसुकै चरित्रको सम्पत्ति होस्, यसको मूल्य यसको कमाइभन्दा छिटो बढ्न सक्दैन ।

लगानीकर्ता पिटर लिन्च : नाफा बढ्दै जाँदा कम्पनीहरू अत्यधिक मूल्यवान् हुनेछन् । तिनीहरूको सेयर मूल्य उच्च मूल्यमा बिक्री हुनेछन् । लामो अवधिमा सेयरलाई मूल्यवान् बनाउने बजारले होइन, तपाईंको स्वामित्वमा रहेको कम्पनीको कमाउने नाफाले हो । अन्तर्राष्ट्रिय सेयर बजारमा सफल लगानीकर्ता ग्राहम, बफेट र लिन्चको भनाइले कम्पनीको नाफा नै सेयर मूल्य बढाउने आधार हो भन्ने स्पष्ट पार्छ । सेयर र सम्पत्तिको मूल्य कम्पनीको कमाउने क्षमतामा भर पर्छ । राम्रो नाफा गर्ने कम्पनीको सेयर मूल्य माथि नै जान्छ । कमाएको सबै रकम लगानीकर्तालाई नबाँड्दा पनि कम्पनी नै थप बलियो हुने हो ।

Read More
  • EBL Ad news