भगवति हाइड्रोको आईपीओ बाँडफाँड: ७१ हजार २ सयले पाए शेयर, २३ सय जनाको आवेदन रद्द


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भगवति हाइड्रोको आईपीओ बाँडफाँड: ७१ हजार २ सयले पाए शेयर, २३ सय जनाको आवेदन रद्द

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

Read More
  • EBL Ad news