काठमाडौं : सिटिजन लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब १८ करोड ३० हजार २०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज दोस्रो दिन (भदौ १७ गते) साँझ ५ः०६ बजेसम्ममा ७ लाख ८४ हजार ९०५ जना सर्वसाधारण आवेदकले ८९ लाख ३४ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् । सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।








