काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से र सबै उपसमूहका सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६० अंकमा कायम भएको छ । कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंक घटे । जम्मा ८ कम्पनीको मूल्य बढ्दा २१२ को घट्यो भने ८ को स्थिर रहृयो ।





