काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।
यस सम्झौताले लगानीकर्ताहरुलाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिंग अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरे ।






