भगवती हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँट हुँदै, ७१ हजार २२२ जनाले मात्र सेयर हात पार्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भगवती हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँट हुँदै, ७१ हजार २२२ जनाले मात्र सेयर हात पार्ने

काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ भोलि सोमबार (भदौ १८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार बिहान ९.३० बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, भगवती हाइड्रोपावरको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ । 

किनभने यसमा मागभन्दा २१.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ८८ हजार ११५ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ७१ हजार २२२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख १६ हजार ८९३ जनाको भने हात खाली हुनेछ । 

Read More
  • EBL Ad news