सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेको छ। सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र १५ गते देखि रोक्का राख्ने बताएको थियो। सोहि निर्णय कार्यान्वयनमा आएको हो ।
यस संगै लगानीकर्ताले मेरोशेयर खोल्दा यदि डिम्याट नविकरण नभएकाको हकमा 'Your Demat account has been expired! Renew your Demat account via online payment or visit your DP.' भन्ने संदेश देखाउन थालेको छ । डिम्याट नवीकरण नगरेसम्म मेरोशेयर पनि खुल्ने छैन र आईपीओ वा हकप्रदमा पनि आवेदन दिन पाइने छैन ।





