हकप्रदमा लगानीकर्ताको घट्दो आकर्षण : अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्ला त ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रदमा लगानीकर्ताको घट्दो आकर्षण : अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्ला त ?

काठमाडौं । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भएको देखिएको छ । सूचीकृत कम्पनीहरूले निष्कासन गरेको हकप्रद शेयरका लागि परेको आवेदनले पछिल्लो समय यसप्रति लगानीकर्ताको आकर्षण कम भएका देखाएको हो । यतिबेला एक वित्त कम्पनीसहित चार कम्पनीको हकप्रद शेयर विक्री छ । अपि पावरको ४० प्रतिशत, अरुण काबेली पावरको शतप्रतिशत, मल्टिपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद विक्रीमा छ । 

यी कम्पनीहरूको हकप्रद शेयर खरीदका लागि निकै कम आवेदन परेको अवस्था छ । धेरै समयपछि एकैपटक यति धेरै कम्पनीको हकप्रद शेयर विक्रीमा आएको हो । यसैबीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर समेत भदौ १८ गतेदेखि सार्वजनिक निष्कासनमा आउँदै छ ।

Read More
  • EBL Ad news