सिटिजन लाइफको आईपीओमा पहिलो दिनमै २ लाख भन्दा बढीको आवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफको आईपीओमा पहिलो दिनमै २ लाख भन्दा बढीको आवेदन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले आवेदन दिएका छन्।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म २७ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो। कम्पनीको आईपीओमा हालसम्म ६६ करोड ५२ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ ।

Read More
  • MBL - below news