भगवती हाइड्रोपावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भगवती हाइड्रोपावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ सोमबार (भदौ १८) गते बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार प्रिअलटमेन्टको काम सम्पन्न भएको जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको कारणले गोलाप्रथाबाट बाँडफाँड हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्ममा १३ लाख ८८ हजार ११५ जनाले एक करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो । आईपीओमा आवेदन दिने १३ लाख १६ हजार बढी लगानीकर्ताहरुको हात रित्तो हुने भएको छ । जसमा ७१ हजार २२२ जनाले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

Read More
  • EBL Ad news