नेपालमा कुनै पनि कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दा सर्वसाधारण लगानीकर्ताहरूलाई न्युनतम १० कित्ता सेयर बाँडफाँड गर्ने गरिएको छ । त्यही पनि गोलाप्रथाको प्रणालीबाट । मागभन्दा धेरै आवेदन परेपछि लगानीकर्ताहरूले गोलाप्रथाबाट १० कित्ता सेयर पाउने गरेका छन् ।
तत्कालीन समयमा धिताेपत्र लिएको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले वि.सं. २०७५ साल चैत्र २७ गतेदेखि आईपीओमा न्यूनतम १० कित्तामा आवेदन दिन पाउने व्यवस्था गरिएकाे थियाे । बोर्डले विद्यार्थी, गृहिणी तथा ससाना पूँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ यो व्यवस्था लागू गरेको थियो ।






