शेयर बजार अब आइतबार मात्रै खुल्ने भएकाे छ । लगातार तीन दिनसम्म शेयर काराेबार नहुने भएपछि आइतबार मात्र काराेबार गर्न सकिने भएकाे हाे ।
बिहीबार जनै पूर्णिमा तथा रक्षा बन्धनमा संघीय सरकारले सार्वजनिक विदा दिने घाेषणा गरेकाे छ । सार्वजनिक विदाका कारण भाेलि बजार बन्द हुने भएपछि अब साताकाे पहिलाे दिन मात्र काराेबार हुने भएकाे हाे ।
यसैगरी, काठमाडौं महानगरपालिकाले शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । काठमाडाैंभित्र मात्र विदा लागु हुने भएकाे हाे । यद्धपी शुक्रबार शेयर बजार बन्द हुने नै भएकाले याे विदाले शेयर बजारमा प्रभाव पार्नेछैन ।






