२३ करोड नगद लाभांश लिन किन आएनन् लगानीकर्ता?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२३ करोड नगद लाभांश लिन किन आएनन् लगानीकर्ता?

सेयर बजारमा सूचीकृत कम्पनीहरूले लाभांश लिन आउन सूचना जारी गरे पनि लगानीकर्ताहरू गएका छैनन्।

अहिलेसम्म नगद लाभांशबापत २३ करोड रूपैयाँ लगानीकर्ताहरूले लिन बाँकी छ। यो एकै वर्षको लाभांश रकम होइन। लगानीकर्ताहरूले वर्षौंदेखि नलगेको लाभांश जम्मा भएर यति पुगेको हो।

यस्तो रकम कम्पनी रजिष्ट्रार कार्यालयमा रहेको लगानी संरक्षण कोषको सचिवालयमा जम्मा हुन्छ।

रकम थुप्रिएपछि माछापुच्छ्रे, ग्लोबल आइएमई, सिद्धार्थ बैंक, एनआइसी एसिया लगायत धेरै बैंकले लगानीकर्ताहरूलाई लाभांश लिन बोलाएका छन्।

Read More
  • EBL Ad news