माण्डु हाइड्रोपावरको आईपीओमा मागभन्दा करिब ९ गुणा बढी आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माण्डु हाइड्रोपावरको आईपीओमा मागभन्दा करिब ९ गुणा बढी आवेदन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि अन्तिम दिन भदौ १३ गतेसम्म मागभन्दा ८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म ९ लाख ८० हजार ५३ जनाबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता आईपीओ खरीद माग भएको हो ।

कम्पनीले सर्वसाधारणमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर १२ लाख ५ हजार ३२० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाएको थियो । 

Read More
  • EBL Ad news