भदौ १३ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ। यस दिन महालक्ष्मी विकास बैंक (MLBL) र लुम्बिनी विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
यस दिन महालक्ष्मी विकास बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको १० लाख कित्ता ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस दिन लुम्बिनी विकास बैंक (LBBL) ले निष्काशन गरेको ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको हो।
यी दुबै बैंकहरुको ऋणपत्र आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




