मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै पनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७८ वटा धितोपत्रको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।






